बुटवल । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र प्रहरीबीच बुटवलमा झडप भएको छ ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि र स्थानीय तहको निर्वाचन तत्काल तोक्नुपर्ने मागसहित अनेरास्ववियुले मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।
झडपमा ५ जना कार्यकर्ता घाइते भएका छन् ।