काँक्रेविहार सुर्खेत, २० असारः कर्णाली राजमार्ग खण्ड अन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जानकारी दिएको छ ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन समेत सबै आमनागरिकमा अनुरोध गर्दछौँ ।”