भरतपुर,२० असारः बुढीराप्तीमा माछा मार्न गएका एक माझि युवकको गोहीको आक्रमणमा ज्यान गएको छ । बिहीबार राति माछामार्ने क्रममा सो घटना भएको थियो ।
चितवन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार रत्ननगर नगरपालिका–८ चित्रसारी का २७ वर्षीय अभिषेक माझीको मृत्यु भएको हो उनि संगै उनका एक साथिपनि माछा मार्न गएका थिए ।