बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेप्सेमा दोहोरो अंकको वृद्धि, पाँच अर्ब २ करोडको कारोबार


  • 991
    SHARES
  • https://indrenipost.com/index.php/posts/3436
    माघ २४, २०७८ सोमबार
    नेप्सेमा  दोहोरो अंकको वृद्धि, पाँच अर्ब २ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।

    आज नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको हो । त्यस्तै, आज ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ ।         

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूलय ८.४२ प्रतिशतले बढेर प्रतिकित्ता ४१२ रुपैयाँ पुगेको छ भने छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६.८३ प्रतिशतले बढेर प्रतिकित्ता ५२४ रुपैयाँ पुगेको छ ।

    त्यस्तै, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस कम्पनीको आज ४९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij