काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २६ अंक बढेको छ ।
सोमबार १५.७१ अंक बढेर २८५१.८८ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा २५.७० अंक बढेर २८७७.५८ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.२० अंक बढेको छ ।
मंगलबार प्रि ओपन सेसनमा ७१ कम्पनीको २ करोड ७ लाख ९४ हजार ८६९.८ रुपैयाँ बराबरको ४१ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भएको छ ।