बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3451
    माघ २५, २०७८ मंगलबार
    बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । बुधबार सुन तथा चाँदी दुवैको भाउ बढेको छ ।

    अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार सोमबार छापावाल सुन ९३ हजार १ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

    यसैगरी, आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदी १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिनको भन्दा चाँदीको मूल्य ५ रुपैयाँले  बढेको हो ।

    सोमबार चाँदी प्रतितोला १२ रुपैयाँ ५५ रुपैयाँमा कारोबार भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij