बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि


  • 1.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3474
    माघ २५, २०७८ मंगलबार
    दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा भने वृद्धि

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको गिरावट भएको छ ।

    आज नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा झरेको हो । सोमबार नेप्से १५.६९ अंकले बढेर दुई हजार ८ सय ५१ दशमलब ८६ विन्दुमा पुगेको थियो ।   

    त्यस्तै, आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको छ । सोमबार ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको थियो ।             

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्य दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

    शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स र बुद्धभुमी हाइड्रोपावर कम्पनी रहेको छ । यी कम्पनीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको छ ।  

    त्यस्तै, लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ६.२७ प्रतिशतले घटेको छ ।

    कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको आज ३५ करोड ८५ लाख भन्दा बढीको कारोबार भएको छ ।              

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij