बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

सुनको मूल्य आज पनि वृद्धि, तोलामा तीन सयले बढ्यो


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/3488
    माघ २६, २०७८ बुधबार
    सुनको मूल्य आज पनि वृद्धि, तोलामा तीन सयले बढ्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

    हिजो सुनको मूल्य प्रतितोला ९३ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले बढेको हो ।

    मंगलबार पनि सुनको मूल्य तोलामा पाँच सयले बढेको थियो ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम गरिएको छ ।   

    त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ ।

    हिजो चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२८० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij