बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

इमर्जिङ नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ?


  • 1.7K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3494
    माघ २६, २०७८ बुधबार
    इमर्जिङ नेपालको आईपीओ आजबाट बिक्री खुला, कति भर्ने ?

    काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आजबाट आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको जनाएको छ । 

    ५ लाख ५५ हजार कित्ता सेयरमध्ये सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । ११ हजार ११२ कित्ता कर्मचारीलाई र २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ ।

    लगानीकर्ताले न्यूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

    आवेदन सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरोसेयर वेबसाइट तथा एपमार्फत  दिन सकिनेछ ।

    क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले कम्पनीलाई डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यो समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत हो । 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij