बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

गृहद्धारा साढे १९ अर्ब चुनावी सुरक्षा खर्च माग


  • 1.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3503
    माघ २६, २०७८ बुधबार
    गृहद्धारा साढे १९ अर्ब चुनावी सुरक्षा खर्च माग

    काठमाडौं । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचन सुरक्षाका लागि गृहमन्त्रालयले साढे १९ अर्ब रुपैयाँ बजेट मागेको छ ।

    तर उक्त परिमाणको बजेट दिन नसकिने भन्दै आकार घटाएर ल्याउन अर्थमन्त्रालयले आग्रह गरेको छ । 

    बुधबार बिहान गृह मन्त्रालयमा भएको छलफलमा अत्यावश्यकबाहेक बजेट कटौती गरेर माग ल्याउन अर्थमन्त्रालयले भनेको हो । 

    यसअघि गृह मन्त्रालयले दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि १८ अर्ब रुपैयाँ बजेट माग गरेको थियो । गृह अन्तर्गतका अन्य निकायका लागि डेढ अर्ब रुपैयाँ माग गरिएको थियो । 

    यसअघि माग गरे बमोजिम बजेटको व्यवस्थापन गर्न नसकिने भन्दै अर्थमन्त्रालयले अत्यावश्यकबाहेक बजेट कटौती गरेर बिहीबार अर्को प्रस्ताव पठाउन भनेको हो । 

    अर्थको आग्रह पछि सवारीसाधन लगायत बन्दोबस्तीका सामानहरुको खर्च घटाएर प्रस्ताव गर्ने गृह मन्त्रालयको तयारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij