बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेपालका एकमात्र अर्बपति चौधरी फोर्ब्सको अर्बपति सूचीमा बढुवा


  • 3.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3508
    माघ २६, २०७८ बुधबार
    नेपालका एकमात्र अर्बपति चौधरी फोर्ब्सको अर्बपति सूचीमा बढुवा

    काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी फोर्ब्स अर्बपति सूचीमा बढुवा भएको छ । उनी चार स्थान माथि उक्लिएका छन् ।

    फोर्ब्स पत्रिकाअनुसार सन् २०२१ मा २ हजार १ सय ४१ स्थानमा रहेका चौधरी सन् २०२२ को फेब्रुअरी ८ तारिखका दिन २ हजार १ सय ३७ स्थानमा उक्लिएका हुन् ।

    तर, उनको सम्पत्तिको मूल्याङ्कन स्थिर देखिएको बताइएको छ । चौधरीको कुल सम्पत्ति १ अर्ब ४० करोड अमेरिकी डलर बराबर छ । फोर्ब्सले चौधरीको सम्पत्तिमा वृद्धि भएको संकेतस्वरुप ‘ग्रीन सिग्नल’ भने देखाएको छ ।

    चौधरीले सीजी कर्प ग्लोबललाई आधार मानेर नेपालका एकमात्र अर्बपति सूचीमा पर्दै आएका छन । उनको सबैभन्दा ठूलो सम्पत्ति नेपालको नबिल बैंक र लोकप्रिय वाइ वाइ चाउचाउको निर्माता सीजी फुड्सको नियन्त्रण गर्ने हिस्सेदारी हो ।

    वाइ वाइको भारत, सर्बिया र बंगलादेशमा विदेशी कारखानाहरू छन् जसमा इजिप्टमा नयाँ निर्माण भइरहेको छ । यसले ससको दायरा सुरू गर्ने योजना बनाएको छ ।

    सीजीका  १३५ वटा होटलमा स्वामित्व र व्यवस्थित सम्पत्तिहरू रहेको छ । जसमा भारतको ताज होटल चेनसँग लक्जरी होटलहरू छन् ।

    नेपालमा रहेका उनका छोरा निर्वाण र विदेशमा बस्ने राहुल र वरुणले उनलाई समूह चलाउन मद्दत गर्ने गरेको फोर्ब्स  जनाएको छ । निर्वाण र राहुल समूहका प्रबन्ध निर्देशक हुन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij