काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ ।
साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।
आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो ।
मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ ।
आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।
मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु एक कम्पनीको शेयरमूल्य भने बढेको छ ।
आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।
यस कमपनीको शेयरमूल्य ३.८ प्रतिशतले बढेर प्रतिकित्ता ४०१ रुपैयाँ पुगेको छ ।
त्यस्तै, बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।
यसको शेयरमूल्य ६.६४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ ।
यस कम्पनीको आज १८ करोड ६१ लाख भन्दा बढीको कारोबार भएको छ ।