बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

ओलीभन्दा देउवा सरकारको पालामा घ्यू-तेल महँगो


  • 1.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3515
    माघ २६, २०७८ बुधबार
    ओलीभन्दा देउवा सरकारको पालामा घ्यू-तेल महँगो

    काठमाडौं । गएको वर्ष भन्दा यस वर्षको पुस महिनामा घ्यू तथा तेलको मूल्य २१ प्रतिशतले बढेको छ ।

    नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुसमा भन्दा २०७८ पुसमा दाल तथा गेडागुडी पनि ९.२२ प्रतिशतले बढेको छ । 

    यातायात क्षेत्रको मूल्य १४.०७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

    खाद्यान्नमा मूल्यवृद्धि भएको देखिएको भए पनि समग्र उपभोक्ता मुद्रास्फीति भने ५.६५ प्रतिशत रहेको छ ।

    अघिल्लो आर्थिक वर्षमा यो ३.५६ प्रतिशत थियो ।

    समग्र खाद्य तथा पेय पादर्थमा ४.९२ र गैर खाद्य समूहमा ६.२३ प्रतिशत मूल्यवृद्धि भएको छ ।

    यस बिचमा काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत मूल्यवृद्धि हुँदा तराईमा ६.१५ र पहाडमा र हिमालमा ५ प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij