जान्नै पर्ने चाणक्यको १५ आर्थिक सूत्र
१) राज्यको स्थिरता नै अर्थको मूल हो । राज्यको स्थिरता धनसम्पत्तिको प्रमुख कारण हुन्छ ।
२) राज्यको आर्थिक सम्पन्नताले नै त्यस देशका जनताको आर्थिक बृद्धि हुन सक्छ ।
३) राजकोषको वृद्धिमा उदासीन हुने राजालाई धनले त्यागिदिन्छ ।
४) राष्ट्रमा भूमि, धन, व्यापार, शिल्प आदि सबै खालको कर्तव्य पालना भयो भने मात्रै राज्यको आय वृद्धिको द्वार खुल्छ ।
५) यदि राजसँग धन छैन भने संसारले सम्मान गर्दैन ।
६) दरिद्रताले जीवनलाई मृत्युसमान बनाइदिन्छ ।
७) प्रशस्त धन भएको दानी पुरुषलाई सौन्दर्यहीन भए पनि रुचिकर मानिन्छ । धनको सदुपयोग गर्ने व्यक्तिलाई कुरुप भए पनि समाजमा उसले सम्मान प्राप्त गर्दछ ।
८) धनले सम्पन्न व्यक्तिले आफ्नो अर्थशक्तिका कारण सार्वजनिक सम्मान प्राप्त गर्दछ । यस्तो व्यक्तिलाई मानिसले शक्तिशाली तथा बुद्धिमान मान्छन् । जताततै उसको सम्मान हुन्छ ।
९) धनिहरु द्यान दिनबाट पनि चुक्दैनन् ।
१०) अरुको धनको अपहरण (चोर्नु) गर्नु आफ्नो धनको नाश गर्नु हो ।
११) आफ्नो धनबाट समाजसेवा गर्ने मनुष्य अकुलिन भएर पनि कुलिन हुन्छ । उसले कुलिनले भन्दा धेरै सम्मान पाउँछ ।
१२) धनको उपासकले सुकर्म गर्नमा श्रम गर्दैन ।
१३) सम्पत्तिले युक्त जीवन विताउनु दीर्घायु र स्वास्थ्यको जनक हो ।
१४) मनुष्यले जे काम गरेर जीविकोपार्जन गरिरहेको छ, उक्त कामको निन्दा गर्नु हुँदैन ।
१५) पूरै संसार अर्गका लागि काममा प्रवृत्त हुन्छ ।