बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेप्सेमा ११.९६ अंकको गिरावट, ३ अर्ब ८२ करोडको कारोबार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3546
    माघ २७, २०७८ बिहीबार
    नेप्सेमा ११.९६ अंकको गिरावट, ३ अर्ब ८२ करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

    आज नेप्से ११.९६ अंकले घटेर दुई हजार ८ सय १ दशमलब ५६ विन्दुमा झरेको हो । बुधबार नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको थियो ।      

    त्यस्तै, आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ । आज ३ अर्ब ८२ करोड ९५ लाख बराबरको कारोबार भएको छ । बुधबार ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको थियो ।                 

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीहरु मध्ये नबिल इक्युटि फण्डको शेयरमूल्य भने बढेको छ । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ४ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको भएको छ । यस कम्पनीको आज २५ करोड ४८ लाख भन्दा बढीको कारोबार भएको छ ।   

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij