साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक घटेको छ ।
गत बिहीबार ११.९६ अंक घटेर २८०१.५७ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १७.६८ अंक घटेर २७८३.८९ विन्दुमा झरेको छ ।
यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ ।
आइतबार प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ४५ लाख ५९ हजार ५४५ रुपैयाँ ८० पैसा बराबरको २० हजार ८१३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आउकामध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ३४ कम्पनीको सेयरमूल्य घटेको छ ।
बाँकी ७ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर रहेको छ ।