बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

नेप्सेमा पहिरो : १०१.२४ अंकले घट्यो, करिब ६ अर्बको कारोबार


  • 2.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3630
    फागुन १, २०७८ आइतबार
    नेप्सेमा पहिरो : १०१.२४ अंकले घट्यो, करिब ६ अर्बको कारोबार

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मासाताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट भएको छ ।

    आज नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको हो ।

    त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।  

    नेप्सेका अनुसार आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।

    आज सर्वाधिक हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ ।

    यी समूहको शेयरमा ५ प्रतिशत भन्दा बढीको गिरावट आएको छ ।   

    त्यस्तै, आज कारोबार भएका सबै कम्पनीहरु घटेका छन् ।

    यसमध्ये पनि अप्पर तामाकोशी हाइड्रोपावर र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।

    यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij