बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

राष्ट्र बैंकद्धारा १५ अर्बको विकास ऋणपत्र जारी


  • 1.6K
    SHARES
  • https://indrenipost.com/index.php/posts/3642
    फागुन २, २०७८ सोमबार
    राष्ट्र बैंकद्धारा १५ अर्बको विकास ऋणपत्र जारी

    नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । 

    बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो । 

    खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ ।

    बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् ।

    चार वर्षका लागि रहने यस विकास पत्र २०७८ फागुन ३ गतेदेखि शुरु भएर २०८२ फागुन ४ गते परिपक्‍व हुने बैंकले जनाएको छ । 

    यस विकास ऋणपत्रको ब्याजदर भने लगानीकर्ताहरूले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भुक्तानी पाउने बैंकले बताएको छ । 


    कुल १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा ८५ प्रतिशत अर्थात १२।७५ अर्ब रुपैयाँ खुल्ला प्रतिस्पर्धाका आधारमा र बाँकी १५ प्रतिशत अर्थात २।२५ अर्ब विना प्रतिस्पर्धामा बिक्री गरिने बैंकले जनाएको छ ।

    यस ऋणपत्र आवश्यक परेको बेला धितोको रुपमा समेत प्रयोग गर्न पाइनेछ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij