मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ ।
सोमबार ०.०८ अंक बढेर २७००.९८ विन्दुमा पुगेको नेप्से आजको सो सेसनमा २.३६ अंक बढेर २७०३.३५ विन्दुमा पुगेको हो ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०९ अंक बढेको छ ।
मंगलबार प्रि ओपन सेसनमा ११ कम्पनीको १६ लाख ४४ हजार ९९५ रुपैयाँ बराबरको २ हजार ९६५ कित्ता सेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने एउटा कम्पनीको सेयरमूल्य घटेको छ ।