शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

हत्या आरोपमा पक्राउ परेकी ६ वर्षीया नाबालिकालाई प्रहरीको निर्मम यातना


  • 3.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4459
    जेठ १५, २०७९ आइतबार
    हत्या आरोपमा पक्राउ परेकी ६ वर्षीया नाबालिकालाई प्रहरीको निर्मम यातना

    काठमाडौं । जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ ।

    जितपुरसिमरा उपमहानगरपालिका–६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ ।

    वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको बालिकाकी आमाले बताएकी छिन् । यो समाचार नागरिक दैनिकमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij