शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

गोरखाको सिर्दीखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ


  • 649
    SHARES
  • https://indrenipost.com/index.php/posts/4533
    भदौ २०, २०८० बुधबार
    गोरखाको सिर्दीखोलामा करेन्ट लगाएर माछा मार्ने दुई जना पक्राउ

    गोरखा । प्रहरीले खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुई जनालाई पक्राउ गरेको छ । 

    गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दैगरेका अवस्थमा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवै जनालाई पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूको साथबाट करेन्ट प्रवाह गरी माछा मार्न प्रयोग गरेको ब्याट्री, फुर्लुङ्ग र माछा थाप्न प्रयोग गरिएको जालसमेत बरामद गरिएको छ ।

    पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक खड्काले बताए ।

    जिल्लाभित्र नदी र खोलामा करेन्ट प्रवाह गरी माछा मार्ने क्रम बढ्दै गएपछि प्रहरीले उक्त अवैधानिक कार्यलाई रोकथाम र नियन्त्रणका लागि पहल सुरु गरेको हो ।

  • सम्बन्धित विषय:

  • # गोरखा
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij