मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : गृहमन्त्री श्रेष्ठ


  • 379
    SHARES
  • https://indrenipost.com/index.php/posts/4549
    भदौ २०, २०८० बुधबार
    ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा दर्ता हुन्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालुवाटारमा रहेको ललिता निवासको जग्गा छिट्टै सरकारको नाममा ल्याउने दाबी गरेका छन् । 

    बुधबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ललिता निवास जग्गा सरकारको स्वामित्वमा ल्याउन ठोस पहल थालिएको दाबी गर्दै छिट्टै सरकारकै नाममा दर्ता हुने जिकिर गरे । 

    उनले भने, ‘ललिता निवासको सरकारी जग्गा दलाल कर्मचारी र प्रभावशाली राजनीतिक व्यक्तिहरू मिलेर व्यक्तिको नाममा लैजाने काम भएको छ । त्यसलाई अनुसन्धान गरेर ती व्यक्तिलाई कानुनको दायरामा ल्याउँने प्रक्रिया अगाडि बढाइएको छ । छिट्टै त्यो जग्गा सरकार मातहतमा ल्याउने ठोस पहल कदमी चालिने छ ।’ 

    उनले ६० किलो सुन तस्करीको जरासम्मै पुग्ने सबै नेटवर्क पहिचानगरी कानुनको दायरामा ल्याई कारबाही गरिने प्रतिबद्धता पनि जनाए ।

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij