शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

इजरायल-हमास युद्ध

इजरायलमा मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज ल्याइँदै


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/4766
    कात्तिक ४, २०८० शनिबार
    इजरायलमा मारिएका १० नेपालीमध्ये ४ जनाको शव आज ल्याइँदै

    काठमाडौं । हमासको आक्रमणमा परी ज्यान गुमाएका १० नेपालीमध्ये ४ जनाको शव ल्याइँदैछ । आज (शनिबार) उनीहरूको शव नेपाल ल्याइँदैछ ।

    हमासको आक्रमणमा निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको तेल अबिबस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

    दूतावासका अनुसार आज दिउँसो १ बजेर २५ मिनेटमा फ्लाई दुबईको उडानमार्फत शव नेपाल पठाइन लागेको हो ।

    इजरायलबाट उडान नम्बर एफजेड १२१० मार्फत दुवईसम्म र त्यहाँबाट फ्लाई दुवईकै उडान नम्बर एफजेड ८३५१ मार्फत काठमाडौंसम्म शव पठाउन लागेको दूतावासले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij