काठमाडौं । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालविरुद्धको रिटमा सुनुवाइ हुने भएको छ ।
हिजो (मंगलबार) हेर्दाहेर्दैमा रहेको रिटमा आज (बुधबार) पनि सुनुवाइ हुने भएको हो ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा परेको रिटमा अब निरन्तर सुनुवाइ हुनेछ ।
चेतनको हत्यामा दोषी ठहर भएर सजाय काटिरहेका रिगललाई कैद मिनाहासहित रिहाइ गरेपछि आफ्ना पतिका हत्याराको कैद मिनाहाविरुद्ध भारती शेर्पाले गत असोज २२ मा सर्वोच्च रिट दायर गरेकी थिइन् ।
यसअघि असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण इजलासमा सुनुवाइ भएको रिटमा बहस जारी रहँदा महान्यायाधिवक्ता कार्यालयका सरकारी वकिलले प्रश्न उठाएपछि सुनुवाइ रोकिएको थियो ।