शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

स्रोत नखुलेको १६ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ


  • 964
    SHARES
  • https://indrenipost.com/index.php/posts/5017
    कात्तिक १७, २०८० शुक्रबार
    स्रोत नखुलेको १६ लाखभन्दा बढी रकमसहित एक जना पक्राउ

    नवलपरासी । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई हिजो (बिहीबार) दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् ।

    भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा रामग्रामको उजैनीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । 

    कालो ब्यागमा राखेर ल्याउँदै गरेको अवस्थामा बरामद भएको रकम १ हजार दरका ७ सय र ५ सय दरका १९ सय थान रहेको छ । 

    पक्राउ परेका खानलाई रकमसहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी बोहराले बताए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij