शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

जुवातास खेल्ने, खेलाउने र हेर्नेसहित १६ जना प्रहरी नियन्त्रणमा


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/5151
    कात्तिक २७, २०८० सोमबार
    जुवातास खेल्ने, खेलाउने र हेर्नेसहित १६ जना प्रहरी नियन्त्रणमा

    काठमाडौं । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ ।

    जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ । 

    यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद पाण्डेको घरमा जुवातास खेलिरहेको अवस्थामा पाण्डेसमेत ६ जनालाई पक्राउ गरिएको छ । 

    उनीहरुबाट रु ३४ हजार एक सय ४० बरामद गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । 

    समाचारकक्षका अनुसार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका बरामद गरिएको छ । 

    नेपालगञ्ज र बुटवलबाट काठमाडौँ आएका बसमा निरीक्षण गर्दा विभिन्न प्रकारका पटाका बरामद गरिएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij