शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/5196
    मंसिर ६, २०८० बुधबार
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेलो धातु करिब २७२.३७ ग्रामसहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय राम सुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।  

    उक्त गेटमा जाँच गर्ने क्रममा ३ थान बेरूवा औंठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेको ल्याएको सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो ।

    बरामद सुनसहित उनलाई भंसार कार्यालय सिनामंगल बुझाइने छ ।       

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij