चितवन । बोराभित्र पोको पारेको अवस्थामा चितवनमा दुइटा शव फेला परेको छ ।
भरतपुर महानगरपालिका-९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो ।
यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।