काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईंको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।
आज ११ बजे तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पुर्याउने उद्देश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन ।
जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले तीनकुनेमा प्रसाईं समूहलाई आन्दोलन गर्ने अनुमति नदिएकाे जनाएकाे छ ।
जहाँ उनीहरूले आन्दोलन गर्ने घाेषणा गरेका थिए ।