शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटना


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/5283
    मंसिर १०, २०८० आइतबार
    चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटना

    चितवन । जिल्लामा पछिल्लो चार महिनामा एक सय ६७ वटा घरेलु हिंसाका घटनाको निवेदन दर्ता भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनको महिला सेलमा चालु आर्थिक वर्षको कात्तिकसम्ममा सो सङ्ख्यामा निवेदन दर्ता भएका हुन ।

    दर्ता भएका निवेदनमध्ये खान लाउन नदिएकोसम्बन्धी ४५ वटा, कुटपिटसम्बन्धी ७० वटा र गाली बेइज्जतीसम्बन्धी ५२ वटा छन् ।

    कूल निवेदनमध्ये एक सय २८ वटा मिलापत्र भएका छन् । साथै २२ वटा अदालती प्रक्रियामा गएका छन् भने १७ वटा छलफलका क्रममा रहेको कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार सय ४३ घरेलु हिंसाका निवेदन दर्ता भएका थिए ।

    आर्थिक वर्ष २०७९/८० मा यो सङ्ख्या तीन सय ९५ थियो । निवेदनमध्ये सबैभन्दा धेरै कुटपिटसम्बन्धी उजुरीरहेको उनले जानकारी दिए ।

    यस्तै कार्यालयको तथ्याङ्कअनुसार चालु आवको कात्तिकसम्ममा १६ वटा जबरर्जस्ती करणीका उजुरी दर्ता भएका छन् ।

    यस्तै दुई वटा जबरर्जस्ती करणी उद्योगसम्बन्धी, १३ वटा बालयौन दुव्र्यवहारसम्बन्धी, एउटा अप्राकृतिक मैथुनसम्बन्धी, चार वटा बहुविवाह र एउटा बालबिबाहसम्बन्धी उजुरी दर्ता भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij