बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

उत्तर कोरियाद्धारा कोरोनाविरुद्धको खोप लिन अस्वीकार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/530
    भदौ १७, २०७८ बिहीबार
    उत्तर कोरियाद्धारा कोरोनाविरुद्धको खोप लिन अस्वीकार


    काठमाडौं । कोभ्याक्स कार्यक्रम अन्तर्गत दिइने कोरोनाविरुद्धको खोप लिन उत्तर कोरियाले अस्वीकार गरेको छ । उत्तर कोरियाले विश्वका केही देश कोरोना महामारीबाट धेरै प्रभावित बनेको भन्दै ति देशलाई खोप दिन आग्रह गरेको हो ।

    उत्तर कोरियाले कोभ्याक्स अन्तर्गत दिन लागिएको ३० डोज खोप लिन अस्वीकार गरेको जनाएको छ । उत्तर कोरियालाई चीनमा बनेको सिनोभ्याक खोप दिन लागिएको थियो ।

    कोभ्याक्स कार्यक्रमको उद्देश्य संसारका गरिब देशलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु हो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले १९ अगस्टसम्म उत्तर कोरियाले कोभिडका एउटा पनि संक्रमित पुष्टि नगरेको जनाएको छ ।

    डब्लुएचओको साप्ताहिक रिपोर्टमा उत्तर कोरियामा ३७ हजार २९१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

    उत्तर कोरियाले कोभिड महामारी सुरु भएदेखि नै अन्तर्राष्ट्रिय सीमा बन्द गरेर कडा उपाय अपनाएको थियो । गत जुलाईमा पनि कोरोनाको सम्भावित संकटलाई ध्यानमा राख्दै उपलब्ध गराइएको एस्ट्राजेनेकाको खोपको करिब २० लाख डोज पनि लिन अस्वीकार गरेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij