शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

१७ प्रतिशत होटल पूर्णरूपमा बन्द


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/535
    भदौ १७, २०७८ बिहीबार
    १७ प्रतिशत होटल पूर्णरूपमा बन्द

    काठमाडौं । नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघ/संस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा छलफल गरेको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपाल पर्यटन बोर्डसहित पर्यटन क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ संस्थाका प्रतिनिधिसँग यस क्षेत्रमा कोभिडले पारेको प्रभाव र पुनरोत्थानका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरेका हुन् ।

    छलफलमा व्यवसायीहरूले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको जानकारी दिएका छन् । यसैगरी, पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक/मजदूरको रोजगारी जोखिममा परेको उल्लेख गरेका छन् ।

    छलफलमा सहभागीले कोभिड १९ को संक्रमण बढेसँगै विकसित मुलुकले नेपाललाई नकारात्मक सूचीमा सूचीकरण गरेसँगै पर्यटक आगमन ठप्प रहेको उल्लेख गरे । उनीहरूले देशव्यापी रूपमा कोभिड १९ विरुद्धको भ्याक्सिन लगाएर नेपाललाई भ्रमणका लागि सुरक्षित गन्तव्यको पहिचान दिन सरकारले काम गर्नुपर्ने बताए ।

    पर्यटन क्षेत्रसँग सम्बन्धित १७ वटा संघ/संस्थाका प्रतिनिधि सम्मिलित छलफलमा उनीहरूले पर्यटन उद्योगको पुनरोत्थानमा सरकारले विशेष जोड दिनुपर्ने बताए । व्यवसायीहरूले पुनरोत्थानका लागि विना धितो ऋण र कर पुनर्कर्जाको सुविधा सम्पूर्ण व्यवसायीलाई उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरे ।

    पीसीआर रिपोर्टमा नेगेटिभ उल्लेख भएका र भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका पर्यटकलाई क्वारेन्टाइनमा राख्नु नपर्ने व्यवस्था गर्न समेत माग गरेका छन् । सरकारले पर्यटन क्षेत्रलाई कोभिडको अति प्रभावित क्षेत्रको सूचीमा सूचीकरण गरेको भए पनि आफूहरूले घोषणा अनुसार सुविधा प्राप्त नगरेको उनीहरूको गुनासो छ ।

    कार्यक्रममा परिसंघका उपाध्यक्ष शाहले व्यवसायीका प्रत्येक समस्या समाधान गर्न परिसंघ अग्रस्थानमा रहेर काम गर्ने बताए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij