शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

भोलिदेखि सामलिङ पावरको आईपीओ खुला हुने


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/536
    भदौ १७, २०७८ बिहीबार
    भोलिदेखि सामलिङ पावरको आईपीओ  खुला हुने

    काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

    यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । 

    निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

    आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij