शनिबार, असार २८ गते २०८२ Jul 12 2025 Saturday
images
images

शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/537
    भदौ १७, २०७८ बिहीबार
    शान्ति समाजद्वारा दुई पुरस्कार स्थापना

    काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले श्रष्टा सम्मान अभियान अन्तर्गत थप दुई पुरस्कार स्थापना गरेको छ । मानवबहादुर रावल वातावरण श्रष्टा सम्मान र पद्यप्रसाद दाहाल श्रष्टा सौगात पुरस्कार स्थापना गरेको हो ।

    दुवै पुरस्कारको राशि २० हजार रहेको छ । हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसर पारेर साहित्यका विभिन्न विधामा योगदान गरेका व्यक्तिलाई यी दुई पुरस्कार प्रदान गरिने शान्ति समाजले जनाएको छ ।

    पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि स्व. मानबहादुर रावलका छोरा तथा  शान्ति समाजका उपसभापति  कृष्णबहादुर रावलले दुई लाख र स्व. पद्यप्रसाद दाहाल (मादी, संखुवासभा) का नातिनि र नातिहरुले दुई लाख रुपैयाँ शान्ति समाजलाई प्रदान गर्ने घोषणा गरेका छन् । स्वर्गीय रावल र दाहालको सम्झना गर्दै उनीहरुले सहयोगको घोषणा गरेका हुन् ।

    यी दुई पुरस्कारसहित शान्ति समाजले स्थापना गरेका पुरस्कारको संख्या १३ पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij