आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

एनसेल प्रकरण

एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन


  • 604
    SHARES
  • https://indrenipost.com/index.php/posts/5453
    मंसिर २२, २०८० शुक्रबार
    एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन

     काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शेयर खरिद-बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए ।

    समितिलाई ३० दिनको समय दिइएको छ ।

    पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल)को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो ।

    समितिले आजैबाट कामको सुरु गरिसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij