शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

चिनजानकै व्यक्तिबाट महिला हिंसा


  • 586
    SHARES
  • https://indrenipost.com/index.php/posts/5498
    मंसिर २५, २०८० सोमबार
    चिनजानकै व्यक्तिबाट महिला हिंसा

    काठमाडौं । लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताइएकोे छ ।

    टोखा नगरपालिकाद्वारा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको समीक्षा एवं मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमका सहभागीले लैङ्गिक हिंसा अन्त्य लागि स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने खाँचो औल्याए ।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले मानव अधिकार र लैङ्गिक हिंसा अन्त्यका लागि सबै प्रतिबद्ध हिसाबले लाग्नुपर्ने बताए ।

    लैङ्गिक हिंसा न्यूनीकरणमा मेरो प्रतिवद्धता हुनेछ, उनले भने ।

    उपप्रमुख मुरारी तामाङले लैङ्गिक हिंसा नियन्त्रणका लागि व्यक्ति व्यक्ति लाग्नुपर्ने बताए ।

    लैङ्गिक हिंसा गर्ने जोकोहीलाई कानुनको दायरामा ल्याउन सके हिंसा न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सामाजिक सञ्जालमार्फत महिला हिंसा बढेको जनाउँदै यसलाई नियन्त्रण गर्न लाग्नुपर्ने उल्लेख गरे । 

    अधिवक्ता सविन श्रेष्ठले गत वर्षमात्र नेपालमा तीन हजार तीस सय महिला हिंसा भएको जानकारी दिए ।

    चिनजानकै व्यक्तिबाट बढी महिला हिंसा हुने गरेको छ, महिला हिंसा न्यूनीकरणका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ, उनले भने ।

    पछिल्लो समय यौन हिंसामा पर्नेमा ११ देखि १६ वर्षसम्मका महिला बढी रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij