आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर मार्केट

सेयर बजार ३६.६८ अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/5527
    मंसिर २६, २०८० मंगलबार
    सेयर बजार ३६.६८ अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

    काठमाडौं । सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

    चालु साताको पहिलो दिन आइतबार उकालो लागेको बजार सोमबार घटे पनि मंगलबार पुनः दोहोरो अंकले बढेको हो । 

    मंगलबार ३६.६८ अंकले बढेको सेयर बजार १९८५.४४ विन्दुमा आएर बन्द भएको छ ।

    यसदिन २९७ कम्पनीको ९५ हजार ४३३ पटक भएको कारोबारमा १ करोड २४ लाख ६३ हजार १६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँको कारोबार भएको छ । 

    यसदिन २०८ कम्पनीको सेयर मूल्य बढ्दा २९ कम्पनीको घटेको छ भने ५ वटाको सेयर मूल्य स्थिर रहेको छ । 

    यसअघि आइतबार नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको थियो ।

    यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको थियो । 

    आइतबार १११.२० अंकले बढेको सेयर बजार सोमबार १५.४० अंकले ओरालो लागेको १९४८.५७ विन्दुमा पुगेर बन्द भएको थियो ।

    यसदिन ३०३ कम्पनीका १ लाख ९ हजार ९१८ पटक भएको कारोबारमा १ करोड ४६ लाख ९८ हजार ५१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको कारोबार भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij