आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

भूकम्प : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोडभन्दा बढी रकम जम्मा


  • 478
    SHARES
  • https://indrenipost.com/index.php/posts/5586
    पुष ४, २०८० बुधबार
    भूकम्प : प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोडभन्दा बढी रकम जम्मा

    काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोडभन्दा बढी रकम जम्मा भएको छ ।

    हालसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको उक्त कोषले जनाएको छ ।

    कोषका अनुसार भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैंक कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड लगायत ९ वटा खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार देशका विभिन्न बैंक तथा सहयोगीहरूले उक्त रकम कोषमा जम्मा गरेका छन् ।

    कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    भूकम्पमा परि हालसम्म एक सय ५७ जनाको ज्यान गएको छ भने २६ हजार पाँच सय ५७ वटा घर पूर्ण क्षति भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij