आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

सेयर मार्केट

नेप्से परिसूचकको उकालो यात्रा जारी


  • 676
    SHARES
  • https://indrenipost.com/index.php/posts/5590
    पुष ४, २०८० बुधबार
    नेप्से परिसूचकको उकालो यात्रा जारी

    काठमाडौँं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अङ्कले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अङ्कले उकालो लागेर चार सय दुई दशमलव ६३ मा पुगेको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ ।

    कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर रू सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ ।

    सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

    सोल्टी होटल रू चौबिस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

    यस्तै, कुमारी धनवृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij