आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/5617
    पुष ५, २०८० बिहीबार
    नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ ।

    ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ दशमलव ६२ मा सीमित भएको छ ।

    कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ भने दुई उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

    कूल एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर रु छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ मूल्यमा खरिद बिक्री भएका छन् ।

    कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३० करोड ६८ लाख ६० हजार आठ सय बराबरको शेयर कारोबार भयो ।

    सोनापुर मिनरल्स रु २५ करोड ४७ लाख ६९ हजार पाँच सय २४, हिमालयन डिस्टिलरी रु २० करोड छ लाख २० हजार एक सय ६०, हाथवे इन्भेस्टमेन्ट रु १५ करोड ३६ लाख २० हजार चार सय ९२ र घोराही सिमेन्ट रु १५ करोड २३ लाख ५० हजार पाँच सय नौ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    लघुवित्त, धौलागिरि लघुवित्त, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावरलगायत कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

    यस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स सात दशमलव ४४, उन्नती सहकार्य लघुवित्त सात दशमलव २६, सनराइज फस्ट म्युचुअल फण्ड छ दशमलव ९४, गरिमा विकास लघुवित्त छ दशमलव ९४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij