आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता


  • 568
    SHARES
  • https://indrenipost.com/index.php/posts/5666
    पुष ७, २०८० शनिबार
    गाजा पट्टीमा मानवीय सहायता जारी राख्ने रुसी राष्ट्रपतिको प्रतिबद्धता

    रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार गाजा पट्टीमा मानवीय सहायता प्रदान गर्न जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    साथै उनले इजरायल र हमासबीच जारी लडाइँको शान्तिपूर्ण समाधान गर्न आग्रह समेत गरे । 

    राष्ट्रपति पुटिनले प्यालेस्टाइनका राष्ट्रपति मोहमद अब्बाससँगको टेलिफोन कुराकानीका क्रममा रूसले गाजा पट्टीलाई औषधि र चिकित्सा उपकरणहरू सहित अत्यावश्यक सामानहरू आपूर्ति गर्न जारी राख्ने बताएका छन् ।    

    यसै बीच सो वार्तालाई लिएर क्रेमलिनले राष्ट्रपति पुटिनले रक्तपातको शीघ्र अन्त्यको आग्रह गर्दै राजनीतिक प्रक्रियाबाट समस्याको समाधान चाहेको उल्लेख गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij