आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

सन् २०२३ मा डेंगी संक्रमणबाट ५० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ५० लाखभन्दा माथि


  • 460
    SHARES
  • https://indrenipost.com/index.php/posts/5680
    पुष ८, २०८० आइतबार
    सन् २०२३ मा डेंगी संक्रमणबाट ५० हजारभन्दा बढीको मृत्यु, संक्रमितको संख्या ५० लाखभन्दा माथि

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले डेंगीको खतरालाई लिएर चेतावनी जारी गरेको छ । लामखुट्टेबाट सर्ने यो रोगबाट यस वर्ष ५० लाखभन्दा बढी संक्रमित भएको र ५० हजारभन्दा बढीको ज्यान गएको संगठनले जनाएको छ ।

    जलवायु परिवर्तन पनि आंशिक रूपमा यो महामारी फैलिनुमा दोषी देखिएको छ । उच्च वर्षा, आद्र्रता र तापमान वृद्धिले लामखुट्टे फस्टाएको र संक्रमण बढेको बताइएको छ ।

    डब्ल्युएचओले चार अर्ब मानिस डेंगीको जोखिममा भएको र संक्रमितमध्ये पनि धेरैजसो लक्षणविहीन हुने र सामान्यतया एकदेखि दुई हप्ताभित्र निको हुने गरेको पाइन्छ ।

    डेंगीको कुनै खास उपचार नभएकोले, प्रारम्भिक पहिचान र चिकित्सकको निगरानीले सुधार ल्याउन सकिने बताइएको छ । यसको सङ्क्रमण पछिल्लो समय अत्यन्त तीव्र गतिमा बढेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij