आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु


  • 730
    SHARES
  • https://indrenipost.com/index.php/posts/5732
    पुष १०, २०८० मंगलबार
    नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु

    मध्य नाइजेरियाका गाउँमा भएको शृंखलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार बताएका छन् ।

    बोक्कोसस्थित स्थानीय सरकारी क्षेत्रको गाउँ मुसुमा गोठाला र किसानहरू बीच भएको झडपमा १६ जनाको मृत्यु भएको छ ।

    बोक्कोस, पठार राज्यको स्थानीय सरकारका अनुसार कम्तीमा ११३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    झडपमा घाइते भएका ३०० भन्दा बढी व्यक्तिलाई बोक्कोस, जोस लगायतका अस्पतालमा सारिएको छ ।

    स्थानीय रेडक्रसको अस्थायी टोलीले बोक्कोस क्षेत्रका १८ गाउँमा १०४ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

    संसद्का सदस्य डिक्सन चोलोमका अनुसार बार्किन लाडी क्षेत्रका थुप्रै गाउँहरूमा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

    यो घटना पठारमा गत मे महिना यताकै सबैभन्दा हिंस्रक घटना हो । सो घटनामा किसान र गोठाला बीचको झडपमा सय भन्दा बढीको मृत्यु भएको थियो ।

    नियमित रूपमा हुँदै आएका सशस्त्र आक्रमणले नाइजेरियाको उत्तरी र मध्य क्षेत्रमा गम्भीर सुरक्षा खतरा बढेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij