आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

इजरायलविरुद्ध दक्षिण अफ्रिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/5806
    पुष १४, २०८० शनिबार
    इजरायलविरुद्ध दक्षिण अफ्रिकाद्वारा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर

    दक्षिण अफ्रिकाले इजरायलले गाजामा ‘नरसंहार’ गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा मुद्दा दायर गरेको छ ।

    आईसीजेले ‘जेनोसाइड कन्भेन्सन’ अन्तर्गत इजरायलको दायित्वको कथित उल्लंघनसँग सम्बन्धित मुद्दा दायर गरेको पुष्टि गरेको हो ।

    तर, इजरायलले यो आरोपलाई ‘निराधार’ भन्दै कडाइका साथ अस्वीकार गरेको छ ।

    इजरायलको विदेश मन्त्रालयले दक्षिण अफ्रिकाले लगाएको यो आरोपलाई इजरायलले अस्वीकार गरेको जनाएको छ ।

    नेदरल्याण्डको द हेगमा रहेको आईसीजे संयुक्त राष्ट्र संघको प्रमुख कानुनी निकाय हो ।

    यसले विभिन्न देशहरू बीचको विवादहरू समाधान गर्दछ र अन्तर्राष्ट्रिय कानुनी मुद्दाहरूमा सल्लाह दिन्छ ।

    आईसीजेमा अपील दायर गरेपछि, दक्षिण अफ्रिकाले एक विज्ञप्तिमा आफ्नो देश नरसंहार हुनबाट रोक्न बाध्य बनेको बताएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘दक्षिण अफ्रिका गाजा पट्टीमा इजरायलको आक्रमण र त्यहाँका बासिन्दाहरूलाई जबरजस्ती हटाइएका कारण नागरिकहरूको दुर्दशाबाट चिन्तित छ ।’

    यसबाहेक त्यहाँ मानवता विरुद्धको अपराध र युद्ध अपराध जस्ता अन्तर्राष्ट्रिय अपराधहरूका साथै नरसंहार वा यस्तै अपराधहरूको रिपोर्टहरू छन्,’ विज्ञप्तिमा भनिएको छ ।

    आफ्नो आवेदनमा दक्षिण अफ्रिकाले आईसीजेलाई अर्को हप्ता सुनुवाइ गर्न माग गरेको छ ।

    इजरायली विदेश मन्त्रालयका प्रवक्ता लियोर हयातले दक्षिण अफ्रिकाको दाबीलाई अदालतको घृणित र अपमानजनक शोषण भएको बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij