आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

अन्तर्राष्ट्रिय

सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष


  • 577
    SHARES
  • https://indrenipost.com/index.php/posts/5833
    पुष १६, २०८० सोमबार
    सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

    प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ ।

    विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ ।

    अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।

    गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र छ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् ।

    प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनता आफ्नो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताएका छन् ।

    फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताए । 

    अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताएका छन् ।

    उनले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij