आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

दैवी प्रकोप

जाजरकोट भूकम्प : प्रधानमन्त्री सहायता कोषमा २८ करोड संकलन


  • 541
    SHARES
  • https://indrenipost.com/index.php/posts/5872
    पुष १९, २०८० बिहीबार
    जाजरकोट भूकम्प : प्रधानमन्त्री सहायता कोषमा २८ करोड संकलन

    काठमाडौं । जाजरकोट भूकम्पप्रभावितका लागि सञ्चालित प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा २८ करोड रकम संकलन भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार कोषमा आजसम्म विभिन्न संस्था तथा व्यक्तिबाट कूल २७ करोड ९१ लाख ८९ हजार आठ सय ९९ जम्मा भएको छ ।

    उनले कूल एक सय १७ भन्दाबढी संघ–संस्था तथा व्यक्तिबाट उक्त रकम जम्मा भएको जानकारी दिए । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प भएको थियो ।

    उक्त भूकम्पबाट ६७ हजार बढी परिवार प्रभावित भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा सरकारको सहयोगमा अस्थायी आवास निर्माणकाक्रम जारी छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij