काठमाडौं । प्रि-ओपन सेसनमा सोमबार नेप्से सूचक करिब ३ अंकले वृद्धि भएको छ ।
नेप्से सुचक २.९७ अंकले बढेर २०२५.८९ विन्दुमा आएको छ ।
यो सेसनमा २० कम्पनीको भाउ बढ्दा १० वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।
यो सेसनमा ३३ कम्पनीको १२ हजार १ सय २१ कित्ता सेयर कारोबार हुदाँ ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार यो सेसनमा कुल २२४ वटा कारोबार भएको हो ।