आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

समाचार

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा


  • 784
    SHARES
  • https://indrenipost.com/index.php/posts/5918
    पुष २४, २०८० मंगलबार
    डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता विवादः पाँच वर्षे किस्ताबन्दीमा रकम बुझाउने सुविधा

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता महसुल बुझाउन ६० महिनाको म्याद दिएको छ ।

    प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै अबको ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

    प्राधिकरणको यही पुस १६ गतेको सञ्चालक समितिको बैठकले बक्यौता रकम किस्ताबन्दीमा बुझाउने विशेष व्यवस्था गरेको सूचनामा जनाइएको छ ।

    यो व्यवस्था एक पटकका लागि गरिएको पनि प्राधिकरणले स्पष्ट गरेको छ । प्राधिकरणका अनुसार ६१ वटा उद्योगको रु २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ ।

    बक्यौता नबुझाएका २४ उद्योगको विद्युत् सेवा कटौती गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij