आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

राम मन्दिर निर्माणका लागि १८ करोड संकलन


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/5981
    पुष २७, २०८० शुक्रबार
    राम मन्दिर निर्माणका लागि १८ करोड संकलन

    अयोध्या । अयोध्यामा राम मन्दिर निर्माणका लागि विश्वभरीबाट करोडौं चन्दा संकलन भएको छ ।  

    ट्रस्टले ११ करोड भक्तहरूले चन्दा संकलन दिने अनुमान गरे पनि सो भन्दा झन्डै ७ करोड बढी भक्तले राम मन्दिरका लागि चन्दा दिएका छन ।   

    श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले राम मन्दिर निर्माणका लागि अहिलेसम्म पाँच हजार करोडभन्दा बढी चन्दा प्राप्त गरिसकेको छ ।  

    राम मन्दिर ट्रस्टले देशका ११ करोड जनताबाट ९०० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो तर अहिलेसम्म भगवान रामको मन्दिरका लागि ५५०० करोडभन्दा बढीको चन्दा आएको छ ।  

    श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अनुसार राम मन्दिर निर्माणका लागि हालसम्म १८ करोड रामभक्तहरूले नेसनल बैंक अफ इन्डिया, पञ्जाब नेशनल बैंक र बैंक अफ बडोदाको खातामा करिब ३२०० करोड रुपैयाँ समर्पण कोष जम्मा गरिसकेका छन् ।  

    ट्रस्टले यी बैंक खातामा चन्दा रकमको एफडी गरेको थियो त्यसबाट प्राप्त व्याँजमा राम मन्दिरको हालको स्वरूप अर्थात् पहिलो तल्ला निर्माण गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij