आइतबार, असार २२ गते २०८२ Jul 06 2025 Sunday
images
images

केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै


  • 1.0K
    SHARES
  • https://indrenipost.com/index.php/posts/6031
    पुष २९, २०८० आइतबार
    केन्द्रीय बैंकले १५ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

    बैंकले २८ दिन र ९१ दिनको लागि १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

     ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

    सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ मंगलबार माघ २ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।  

    केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको र यो ट्रेजरी बिल फागुन १ गते परिपक्व हुनेछ । 

    यसैगरी, ९१ दिनका लागि ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्ने र यो ट्रेजरी बिल २०८१ बैशाख ४ गते परिपक्व हुनेछ ।

    लागेको हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

    बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij